८ माघ २०७७, बिहीबार

सुर्खेत, ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी निकालिने भएको छ ।नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले आज बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित बृहत बिरोधसभामा प्रधानमन्त्री ओलीलाई साधारण सदस्य समेत नरहने गरी हटाउने घोषणा गर्नुभएको छ ।

नेपालले आजदेखि प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निकालेको घोषणा गर्नुभएको हो । चिठी लेखेर नेकपाको साधारण सदस्य समेत नरहने गरी प्रधानमन्त्री ओलीलाई निस्कासन गर्ने अभिव्यक्ति उहाँले दिनुभएको छ ।

प्रधानमन्त्री ओली पूर्वएमालेमा पनि घाँडै रहेको र पार्टी एकिकरणपछि पनि घाँडै भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV