८ माघ २०७७, बिहीबार
  • रामगोपाल तमखु

भक्तपुर, ८ माघ । आज भक्तपुरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले प्रधानमन्त्री केपी ओलीले संसद भंग गरी मुलुकमा निरंकुशता लाद्न खोजेको आरोप लगाएका छन् ।
भक्तपुर जिल्लाको सुर्यविनायक नगरपालिका वडा नं.२ बालकोटमा आज नेपाली कांग्रेसले गरेको विरोध कार्यक्रममा बोल्दै नेता घिमिरेले संसद पुनस्थापना गर्नुपर्ने बताएका छन् । उनले सर्वोच्च अदालत नागरिकको हक र अधिकारको सुनिस्चितताको लागि स्थापना भएकोले मुलुक भन्दामाथि कोही हुन नसक्ने बताए।

नेता घिमिरेले भने, ‘कम्युनिष्ट पार्टी आफ्नो नेतालाई भगवान मान्छन् तर नेपाली कांग्रेस जनतालाई भगवान मान्छन् । उनले यो सम्भव नभएको भन्दै केपी ओलीलाई उनकै कम्युनिष्ट पार्टीका आधा भन्दा बढी नेता कार्यकर्ताहरुले नेता मानेका छैन्न भने ।’

प्रधानमन्त्री ओलीले संसद भंग गरी मुलुकमा निरंकुशता लाद्न खोजेको कदमविरुद्ध नेपाली कांग्रेसले आज देशभर ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV