८ माघ २०७७, बिहीबार

काठमाडौं, ८ माघ । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा एपीएफले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले दिएको एक सय सात रनको लक्ष्य एपीएफले १७ ओभर तीन बलमा चार विकेट गुमाउँदै पूरा ग¥यो । एपीएफका लागि आशिफ शेखले ७८ रन बनाए ।

गण्डकीका चन्द्र पौडेल र विशाल पौडेलले दुई–दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले ४६ ओभरमा अलआउट हुँदै एक सय ६ रन मात्रै बनाउन सक्यो ।

गण्डकीका लागि समीर कँडेलले ३६ रन बनाए । एपीएफका कमल ऐरीले चार विकेट लिए । यो जितसँगै समूह ’ए’को एपीएफले दुई खेलमा चार अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV