८ माघ २०७७, बिहीबार
  • हिक्मत रावल,

धनगढी, ८ माघ । सुन्दर सुदूरपश्चिम अभियानका अभियन्ता गोपाल हमालले धनगढीमा निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याउने भएका छन् ।

धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याउन लागिएको गोपाल हमालले बताए ।

सबै सवारी साधनले पार्थिव लैजान नमान्ने र शुल्क दिँदा पनि बोक्न नमान्ने समस्यालाई समाधान गर्नका लागि आफूले निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याएको व्यवसायी हमालले बताए ।

चालू आर्थिक वर्ष भित्रै निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV