८ माघ २०७७, बिहीबार

एजेन्सी, ८ माघ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड पुनः शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा फुलह्यामलाई २-१ गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर युनाइटेड शीर्ष स्थानमा पुगेको हो ।

म्यानचेस्टर युनाइटेडलाई जित दिलाउनकाे लागि एडिन्सन काभानी र पउल पोग्बाले समान एक/एक गाेल गरे । फुलहमका एडेमोला लुकमनको गोल सान्त्वना बन्यो ।

खेलमा घरेलु टोलीले खेलको पाँचौ मिनेटमा नै लुकमनको गोलबाट अग्रता लिएको थियो । उनले एन्ड्री फ्रान्क जाम्वो एङगुइसाको पासमा गोल गरेका थिए ।

तर, फुलहमले त्यो अग्रतालाई जोगाउन सकेन । २१औं मिनेटमा इडिन्सन काभानीले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । ब्रुनो फर्नान्डेसको प्रहार रिवाउन्ड भएर फर्कदा काभनीले गाेल गरेका थिए । ६५औं मिनेटमा पल पोग्वाले गोल गर्दै युनाइटेडलाई २-१ को अग्रता दिलाए । त्यसपछि दुवै टाेलीबाट गाेल हुन नसक्दा खेल युनाइटेडले जिते ।

जितसँगै शीर्षस्थानको युनाइटेडको १९ खेलबाट ४० अंक पुगेको छ । उसले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई २ अंकले पछि पारेको छ । एक खेल कम खेलेको सिटीको ३८ अंक छ । पराजित फुलहम १२ अंक जोडेर १८औं स्थनमा छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV