८ माघ २०७७, बिहीबार

एजेन्सी, ८ माघ । युभेन्टसले इटालियन सुपर कपको उपाधि जितेको छ । गएराति भएको खेलमा युभेन्टसले नेपोलीलाई २-० गाेल अन्तरले पराजित गर्दै सुपरकपको उपाधि हात पारेको हो ।

युभेन्टसलाई उपाधि दिलाउनको लागि सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाले समान एक/एक गोल गरे । युभेन्टसले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।

खेलको ६४औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई १-० को अग्रत दिलाए । उनले बर्नरडेस्चीको कर्नरबाट आएको बललाई गोलमा परिणत गरेका थिए ।

८०औं मिनेटमा लोरेन्जो इन्सिग्ने पेनाल्टीमा चुक्दा नेपोली बराबरीबाट चुक्यो । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा जुआन कोर्डाडोको पासमा अल्भारो मोराटाले गोल गदै युभेन्टसलाई २-० जित दिलाउँदै उपाधि दिलाए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV