७ माघ २०७७, बुधबार

एजेन्सी, ७ माघ । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडनले सपथ ग्रहण गरेका छन्।सर्वोच्च अदालतका न्यायाधीश जन रोबर्ट्सले बाइडनलाई अमेरिकाका ४६ औं राष्ट्रपतिका रूपमा पदको सपथ ग्रहण गराए ।

कमला ह्यारिसले जो बाइडनसँगै उपराष्ट्रपति पदको सपथ लिएकी छन्। उनी उक्त पद निर्वाचित प्रथम महिला हुन्। उनलाई सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोटोमेअरले सपथ ग्रहण गराएकी थिइन्।

निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना उत्तराधिकारीको सपथ ग्रहण समारोहमा भाग नलिने पूर्व घोषणा बमोजिम नै सहभागीता जनाएनन्।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV