७ माघ २०७७, बुधबार
  • दान बहादुर बुढा,

जुम्ला, ७ माघ । नाग्म गमगढी राजमार्ग अन्तर्गत हिमा गाउँपालिकाको किरण डाँडामा ट्याक्टरले ठक्कर दिदा एक बालकको मृत्यु भएको छ ।

वड्की प्रहरी चौकीका अनुसार बुधार (आज) जुम्लाको हिमा गाउँपालिका–१ का तुला रोकायाका ९ वर्षीय छोरा हिमाल रोकायाको घटनास्थलमै मृत्यु भएको हो ।

बालकलाई ठक्कर दिने ट्याक्टर र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त ट्याक्टर हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायाको रहेको बताइएको छ ।

उक्त दुर्घटनापछि नग्मा गमगढी सडक स्थानीयले अवरुद्ध गरेका छन्, जसको कारण सयौं यात्रुहरु अलपत्र परेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV