७ माघ २०७७, बुधबार

काठमाडौं, ७ माघ । नेपाल बङ्गलादेश बैंकले शाखा बिस्तारको क्रममा भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं १, सिरुटारमा आफ्नो ९९ औं शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले बुधबार (आज)बाट भक्तपुर जिल्लाको सिरुटार शाखाबाट आफ्नो औपचारिक कारोबार शुभारम्भ गरेको हो । भक्तपुर जिल्लामा उक्त शाखा बैकको तेस्रो शाखा हो ।

उक्त शाखाको औपचारिक समुद्घाटन उपस्थित पूर्व उद्योग मन्त्री महेश बस्नेतले गरेका थिए । उद्घाटन समारोह बैक सञ्चालक समितिका सदस्य दिपक कार्कीको सभापतित्वमा भएको थियो भने सो अवसरमा बैकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैकले प्रदान गर्ने सेवाहरुको बारेमा आफ्नो धारणा राखेका थिए ।

साथै सोही अवसरमा शाखा परिसरमा रहेको एटीएमको सुभारम्भ पनि गरिएको छ । बैँकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा सञ्जालमा नयाँ शाखा विस्तार गरेको हो ।

साथै सो शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानीलगायत सम्पूर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् । सिरुटार शाखासहित बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV