७ माघ २०७७, बुधबार
  • देवराज पन्त,

मकवानपुर, ७ माघ । करीब ६ महिनापछि आज शुरु भएको बागमती प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।

प्रदेश सभाको ७ औं अधिबेशनको पहिलो बैठक केहीबेर सञ्चालन भएर स्थगित भएको हो । आजको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसम्मका लागि स्थगित भएको बैठकलाई जानकारी गराएका थिए ।

आजको सातौं अधिवेशनमा मुख्यमन्त्री डोरमणी पौडेल, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ, नेकपाकी सांसद अष्टलक्ष्मी शाक्य, राप्रपाकी रिता माझी, रिना माझी, विवेकशीलका रमेश पौडेल, नेमकिपाका सुरेन्द्र गोसाईले आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

बागमती प्रदेशमा गत पौैष १० गते मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको समेत भएको छ । अविश्वासको प्रस्तावमाथि निर्णय गर्नका लागि हिजो कार्यविधि समिति गठन गरिएको थियो ।

आफूमाथि परेको अविश्वासको प्रस्तावलाई सम्मान गर्दै त्यसको सामना गर्ने मुख्यमन्त्री पौडेलले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV