७ माघ २०७७, बुधबार

काठमाडौं, ७ माघ । नेपाल कृषि विकास बैंकले किसान क्रेडिट कार्ड तथा किसान एप शुरु गरेको छ । बुधबार बैंकको ५४औं वार्षिकोत्सवको अवसरमा अर्थमन्त्री विष्णु पौडेलले किसान क्रेडिट कार्ड र एपको शुभारम्भ गर्नु भएको हो ।

किसान क्रेडिट कार्ड र किसान एप एकअर्कामा अन्तरसम्बन्धित हुने बताउदै बैंकले किसानले बैंकबाट ऋण स्वीकृत गराएपछि त्यसको निश्चित रकम कार्डमा लोड हुने र किसान एपमा किसानको प्रोफाइल तयार हुने बैकले जनाएको छ ।

कृषि कर्मका लागि कृषकहरुले ऋण लिएपछि यस्तो कार्ड पाउने र्बैकले उल्लेख गरेको छ । अर्थमन्त्री पौडेलले कृषि बिकास बैकले देशभरका सबै किसानको लागि लक्षित गरेर कार्यक्रम अघि बढाउने बिश्वास ब्यक्त गर्नुभयो ।

हाल बैंकहरुले प्रयोग गर्ने एटीएम कार्ड आकारकै किसान क्रेडिट कार्ड क्युआर कोडमा आधारित रहेको बैकले जनाएका छ । बैंकले नगद भुक्तानी प्रदायकहरु गाउँ गाउँमा खडा गर्ने र सोहीमार्फत किसानले उद्योग व्यवसायका लागि चाहिएको बेला नगद लिन सक्ने बैकले जनाएको छ ।

बैकले लक्षित बर्ग र प्राथमिकतामा रहेको समूहलाई सेवा बिस्तार गरेको छ । बैंक आधुनिक र प्रविधिमैत्री बन्न सफल भएको कृषि विकास बैंकले आगामी दिनमा आफनो सेवालाई अझ बढी ब्यापक बनाउने बैकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमा उपाध्यायले बताउनु भयो ।

बैकले हालसम्म कृषि विकास बैंकले १ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । कुल प्रवाहित कर्जामा २८ प्रतिशत कृषि क्षेत्रमा प्रवाहित कर्जाको हिस्सा रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV