७ माघ २०७७, बुधबार
  • युवराज श्रेष्ठ,

रामेछाप, ७ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–दाहाल समूहका स्थायी समिति सदस्य लीलामणि पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको इसारामा सघीय संसद विघटन गरेको आरोप लगाउनु भएको छ ।

भारतीय विदेश सचिव आएको केही दिनमै भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख आएको र उनीहरुकै इसारामा प्रधानमन्त्री ओलीले संसद भंग गरेको नेता पोखरेलको आरोप थियो ।

नेता पोखरेलले प्रधानमन्त्री ओलीलाई गद्दारको संज्ञा दिंदै भ्रष्टाचारी, तस्करी र गुण्डागर्दीको संरक्षण बाहेक जनता र देशको हितमा सरकारले काम नगरेको आरोप समेत लगाउनुभयो ।

प्रधानमन्त्री ओलीले पार्टी फुटाउने नियतले नेकपा एमाले नामको पार्टी दर्ता गराएको समेत नेता पोखरेलको दावी थियो ।

नेपालको लिम्पीयाधुरा र लिपुलेक समेटिएको नक्सा प्रकाशित गर्ने क्रममा समेत प्रधानमन्त्री ओलीले अस्वीकार गरेपछि पार्टी र सांसदहरुको दवावमा बाध्य भएर नक्सा सार्वजनिक गरिएको दावी पनि नेता पोखरेलले गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV