७ माघ २०७७, बुधबार
  • मनिराज पाण्डे,

कालिकोट, ७ माघ । आशा आयोजना कालिकोटमा लाखौं अनियमितता भएको खुलासा भएको छ । आशा आयोजना प्रमुख निकेश कठायत र लेखापाल शेरबहादुर बोहोराले कार्यालय प्रयोजनाका लागि भन्दै काठमाडौंबाट लाखौंको सामान खरिद गरी घोटाला गएको खवर बाहिरिएको छ ।

दुई महिना अघि कालेनिकाबाट सरुवा भएका बोहोराले यसअघि कार्यरत कार्यालयमा बिभिन्न बहानामा सेवाग्राहीलाइ दुःख दिदै आएको कुरा सेवाग्राहीले बताएका छन् ।

लामो समयसम्म कागजी काम काज गर्न बानी परेको बोहोरालाइ कम्प्युटर ज्ञान धेरै नभएकाले सेवाग्राहीले दुःख भोग्नु परेको स्थानीयको गुनासो छ ।

कालिकोटका स्थानीय पसलहरुबाट सामान खरिद गर्दा स्थानीयले थाहाँ पाउने र सामान खरिदमा घोटाला गर्न नसकिने भएकाले उनीहरुले काठमाडौंबाट सामान गरिद गरेको हुन् ।

आयोजना प्रमुख कठायतले बिभिन्न कामका लागि स्थानीय समुदायमा जाने बजेटबाट समेत आफ्नो भाग खोज्ने गरेका छन् । सेवाग्राहीलाई दुःख दिन खोजेपछि कार्यालयका कर्मचारीहरुबीच मदभेद बढ्दै गएको छ ।

रकम दुरुपयोग गर्न प्रमुखको छुटै घरमा कोठा

एउटै घरमा कोठा र अफिस हुँदा आयोजनाको रकम दुरुपयोग गर्न कठीन हुने भएपछि आयोजना प्रमुख निकेश कठायतले कार्यालय हाजिर भएको केही दिनमै अर्को घरमा कोठा लिएका छन् ।

गोदामको नाममा कार्यालय प्रमुखको बिलासिताका लागि अर्को घरमा कोठा लगेर खर्च बढाएका छन् । यसअघिका आयोजना प्रमुखहरु अफिस भएकै घरमा बस्दै आएका थिए ।

कठायत आएको केही दिनमै सेवाग्राही तथा कर्मचारीलाइ छुटै कोठामा बोलाइ बार्ता गर्न सजिलो होस् भन्ने उदेश्यले अर्को घरमा कोठा लिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV