७ माघ २०७७, बुधबार

काठमाडौं, ७ माघ । प्रतिनिधिसभा विघटनको विरोधमा युवाहरुले काठमाडौंमा ‘नमूना संसद’ आयोजना गरेका छन् ।नेपाल टिन लिडर्सले पुतलीसडकस्थित पद्मोदय मोडमा सडकमै राष्ट्रिय सभाको सांकेतिक बैठक राखेको हो । संविधानको मूल मर्म नै सुधारिएको संसदीय व्यवस्था रहेको जनाउँदै संविधान बचाउनु सबैको कर्तव्य रहेकोमा जोड दिएका छन् ।बैठकमा सहभागी युवाहरुले संविधान बचाउनु सबैको कर्तव्य भएको धारणा राखेका थिए । युवाहरुले नेपालको राजनीतिलाई ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्नुपर्ने उनीहरुको भनाई छ । सांकेतिक बैठकले प्रधानमन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको नेपाल टिन लिडर्सका युवा बिशाल केसीले बताउनुभयो ।

उहाँले स्वतस्र्फूत रुपमा सांकेतिक बैठकको आयोजना गरेको जानकारी दिनुभयो । प्रधानमन्त्री केपी ओलीको सिफारिशमा पुष ५ गते आइतबारबाट राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि चौतर्फी विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV