७ माघ २०७७, बुधबार
  • बसन्त खतिवडा

सिमरा, ७ माघ । लायन्स क्लब अफ सिमरा युथ, युवा समाज सिमरा र नेपाल बाल संगठनले चिसोबाट प्रभावित ग्रामिण भेगको स्कुलका बालबालिकालाई बुधवार न्यानो कपडा, शैक्षिक र खेलकुद सामग्री वितरण गरेको छ ।जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. १७ र १८ का तीन विद्यालयका छात्रछात्रा, उनका अभिभावकलाई चिसो मौसममा लगाउने कपडा वितरण गरेको हो । केही दिनयता अत्यधिक चिसो बढेपछि विपन्न परिवारका बालबालिका र बृद्धबृद्धा प्रभावित हुँदै आएका छन् ।बढ्दो चिसोबाट जोगिनका तीन वटै संस्थाले संयुक्त रुपमा बडहर्वाको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, जैतापुरको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय र कुशमाडीको सुर्य विनायक प्राथमिक विद्यालयका चार सय बालबालिका र एक सय भन्दा बढी अभिभावकलाई कपडा वितरण गरेको हो ।

????????????????????????????????????

कार्यक्रममा बालबालिकासहित विद्यालयलाई ६ सय थान कपि, पेन्सिल, ६ थान फुटवल, ६ थान ब्याटमिन्टनलगायतको शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको थियो । न्यानो कपडा, शैक्षिक र खेलकुद सामाग्री वितरणका लागि तीनवटै संस्थाले केहीदिनदेखी तयारी गरिरहेका थिए ।

लायन्स क्लबका अध्यक्ष हंकलपित न्यौपानेले सेवामुलक संस्थाहरुको सहकार्यमा ग्रामिण भेगमै पुगेर प्रभावकारी ढंगबाट सामाग्री वितरण गरिएको बताए । उनका अनुसार चार सय बालबालिकालाई लायन्स क्लब अफ सिमरा युथले ज्याकेट र स्विटर, युवा समाज सिमराले उनका अभिभावकलाई न्यानो कपडा र बाल संगठनले तीन वटै विद्यालयका छात्रछात्रालाई शैक्षिक र खेलकुद सामाग्रीको ब्यवस्थापन गरेको थियो । ग्रामिण भेगमै पुगेर ब्यवस्थित कार्यक्रमकाबीच बालबालिका, अभिभावक र विद्यालयलाई सामाग्री वितरण गरेको न्यौपानेले बताए ।

चिसोले प्रभावित पारिरहेको समयमा न्यानो कपडा वितरण गरेर ठुलो सहयोग प्राप्त भएको स्थानियको भनाइ थियो । न्यानो कपडा पाएपछि बालबालिकासहित अभिभावक समेत खुसी देखिएका थिए । विद्यालयका शिक्षकले समेत चिसोले प्रभावित बालबालिकालाई राहत मिलेको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV