७ माघ २०७७, बुधबार

काठमाडौं, ७ माघ । मुलुकमा थप ३ सय १८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । जसमा महिलाको संख्या १ सय १२ र पुरुषको संख्या २ सय ६ छ । पछिल्लो २४ घण्टामा ५ हजार १२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ सय १८ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ६८ हजार ३ सय १० पुगेको छ ।

काठमाडौं उपत्यकामा थप १ सय ४५ जनामा संक्रमण फेला

यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ सय ४५ जना संक्रमित फेला परेका छन् । आज काठमाडौं उपत्यकामा भक्तपुरमा ३, ललितपुरमा २६ र काठमाडौंमा १ सय १६ गरी कुल १ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ५८ जना महिला र ८७ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख २५ हजार ३ सय २४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ सय ८३ निको भए, ६ को मृत्यु

कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ सय ८३ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ३ सय ८३ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ६२ हजार ६ सय ४२ पुगेको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ३ हजार ६ सय ९३ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या १ सय ७२ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ५ हजार १२ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल २० लाख २६ हजार ७ जनाको २६ पीसीआर परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मृत्यु हुँदा नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ७५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV