७ माघ २०७७, बुधबार

काठमाडौं, ७ माघ । नेपाली काँग्रेसले संसद विघटनका बिरुद्ध वडास्तरमा आन्दोलन गर्ने भएको छ । बुधबार एक बित्रप्ती जारी गर्दै सभापति शेरबहादुर देउवाले बिहीबार वडास्तरमा विरोध प्रदर्शन गर्ने बताउनु भएको छ ।

उहाँले बिज्ञप्ती मार्फत सरकारबिरुद्धको प्रदर्शनलाई सबैले ऐक्यबद्धता प्रकट गर्दै सहभागी भइदिन आह्वान गर्नुभएको छ । प्रतिनिधीसभा विघटन असवैधानिक र अलोकतान्त्रीक भएको कारण बिहीबार यसको बिरोध स्वारुप मुलुक भरका ६,७४३ वडाहरुमा विरोध प्रदर्शनको आयोजना गर्ने भएकाे हो ।

यसअघि नेपाली काँग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा र माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन व्यापक सहभागिता साथ सम्पन्न गरिसकेको छ ।

अब वडा स्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले प्रदर्शनलाई सफल बनाउन सभापति देउवाले अपील गर्नुभएको छ ।

संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरुद्धनेपाली कांग्रेस एकमत भएको उहाँको दावी छ । गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभाको विघटन गर्नुभएको थियो ।

बिज्ञप्ती

प्रतिक्रिया दिनुहोस्

LIVE TV