७ माघ २०७७, बुधबार

काठमाडौं, ७ माघ । प्रधानमन्त्री कप एकदिवशीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लवले पहिलो जित निकालेको छ । क्लबले सुदुरपश्चिम प्रदेशलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो ।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदुरपश्चिम ३३ ओभर एक बलमा एक सय १० रनमा अलआउट भयो । खराव सुरुवात गरेको सुदुरपश्चिमले खाता खोल्न नपाउँदै पहिलो विकेट गुमायो । उसका ओपनर सन्तोष भट्ट खाता खोल्न नपाउँदै आउट भए ।त्यसपछि दोस्रो विकेटका लागि खड्क बोहोरा र सन्जु धामीले ८० रनको साझेदारी गरेका थिए ।

सन्जु ब्यक्तिगत ३५ रनमा आउट भएपछि सुदुरले दोस्रो विकेट गुमायो । त्यसपछि सुदुरको विकेट झर्ने क्रम रोकिएन । उसका लागि खड्क बोहोराले ४० रन बनाए भने सन्जुले ३५ रन जोडे । यस्तै अरुण ऐरीले १३ रन बनाउँदा अर्जुन साउदले १० रन बनाए । बाँकी खेलाडीले दोहोरो अंक जोडन सकेनन् ।

जवाफमा पुलिसले १७ ओभरमा एक विकेटको क्षतीमा लक्ष्य पुरा गर्यो । पुलिसको जितमा सुनिल धमला र कुशल भुर्तेलले उत्कृष्ट साझेदारी गरे । उनीहरुले पहिलो विकेटका लागि ९७ रनको साझेदारी गरेका थिए ।

सुनील धमला ५७ रनमा आउट भएपछि उसले पहिलो विकेट गुमायो । उनले ५७ बलमा छ चौका र दुई छक्का प्रहार गरे । यस्तै कुशल भर्तेलले अर्धशतकीय पारी खेले । उनले अविजीत ५१ रन बनाए । पहिलो खेलमा पुलिस बागमती प्रदेशसँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV