७ माघ २०७७, बुधबार
  • तारा आचार्य,

विराटनगर, ७ माघ । प्रदेश १ को प्रदेश सभा अधिवेशन शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने सहमति भएको छ ।

बुधवार दिउसो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेश सभा अधिवेशनको कार्यसूचीमा प्रदेश प्रमुखबाट प्राप्त पत्र मात्र पढेर बैठक स्थगित गर्ने सहमति भएपछि शान्तिपूर्ण रुपमा अधिवेशन सञ्चालन हुने भएको हो ।

नेकपा भित्रको विवादका कारण प्रदेश सभा बैठक सञ्चालनमा अन्यौल उत्पन्न भईरहेको अवस्थामा कार्यसूचीमा सहमति गरिएको नेकपा ओली समूहका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिनुभयो ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको र नेकपाका दुई समूहले एक अर्कालाई निलम्बन गरेको कारण प्रदेश सभा बैठक सञ्चालनमा अन्यौल उत्पन्न भएको थियो ।

प्रदेश सभा अधिवेशनको शुभारम्भमा प्रत्येक दलका तर्फबाट शुभकामना मन्तव्य दिने कार्यक्रम पनि स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV