७ माघ २०७७, बुधबार

काठमाडौं, ७ माघ । तेह्रथुमको आठराईमा स्यालका कारण अटो अन्यन्त्रीत भइ पल्टीदा गम्भीर घाइते भएका एकको मंगलबार मृत्यु भएको छ । दुर्घटनामा परि घाइते भएका आठराई गाउँपालिका वडा ६ का ३५ बर्षीय डब्लु कन्दङ्वाको उपचारको क्रममा झापा विर्तामोडस्थित विएण्डसी अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय सक्रान्ती बजारले जनाएको छ ।

उनको ठाउकोमा गम्भीर चोट लागेको थियो । त्यस्तै दुर्घटनामा परि घाइते भएका मृतक डब्लुका बुवा शर्ण कन्दङ्वा भने पाँचथरको फिदिमस्थित समर्पित अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

गत पुष २५ गते राति संक्रान्ती बजारबाट चुहानडाडातर्फ आउदै गर्दा आठराई गाउँपालिका ४ बरबोटेमा प्र १ ०२-००२ स २८९२ नम्बरको अटो दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय सक्रान्ती बजारले जनाएको छ । सडकमा स्याल देखिएपछि अटो तीव्र चलाउदा दुर्घटना भएको प्रहरीको भनाइ छ ।

अटोका चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको इलाका प्रहरी कार्यालय सक्रान्ती बजारले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV