७ माघ २०७७, बुधबार
  • तारा आचार्य

विराटनगर, ७ माघ । प्रदेश १ को सातौं हिउँदे अधिवेसन आज दिउँसो २ बजे बोलाईइएको छ । नेकपा दुई गुटमा विभाजन भएपछि प्रदेश सभा सुरु हुनु अगाडि प्रदेश सभा सचिवालयमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

अधिवेशन सुरु हुनु अगाडि कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । प्रदेश सभा सांसदहरु ११ जनाको सदस्या रहेको सो कार्यव्यावस्था समितिले आजको अधिवेसनको कार्यसुचि तयार गर्ने बताइएको छ ।

आजको अधिवेशनमा मुख्य मन्त्री शेरधन राई विरुद्धको अविश्वासको प्रस्ताव पेश नहुने भएको छ । नेकपा दाहाल-नेपाल समुहले मुख्य मन्त्रीको विवाह पछि मात्र अविश्वासको प्रस्ताव माथि छलफल गर्ने बताएका छन् ।

दुवै समुहले एक अर्कालाई कारवाही गर्ने र निलम्बन गर्ने गरेकाले आजको अधिवेशनमा दुवै समुह कसरी प्रस्तुत हुन्छन् भन्ने यकिन गर्न सकिएको छैन । तर, दुवै पक्षका सांसद सदस्यहरुले भने कसैलाई अधिवेशनमा रोक्न नमिल्ने बताउदै आएका छन् । मुख्य मन्त्री राई विरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि राईले १६ जना सांसदलाई निलम्बन गर्नु भएको छ भने दाहाल-नेपाल समुहले मुख्य मन्त्री राई सहित ८ जनालाई निलम्बन गरेको छ ।

दुवै पक्षले आफ्नो तर्फ बहुमत पुर्याउन लागि परेका छन् । नेकपाका दुवै पक्षबिच  कस्को पक्षमा धेरै मत पुर्याउने र कांग्रेस संगको सहमतिमा बहुमत पुर्याएर सरकार बनाउने तयारीमा दुवै पक्षको दौडधुप रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV