७ माघ २०७७, बुधबार

एजेन्सी, ७ माघ । चिनियाँ अर्बपति ज्याक मा करिब तीन महिनापछि सार्वजनिक कार्यक्रममा देखिएका छन् । चिनियाँ सञ्‍चारमाध्यमका माले बुधबार १०० जना ग्रामीण शिक्षकहरुलाई सम्बोधन गरेको उल्लेख गरेका छन् ।

चेचियाङ प्रान्तको तियान्मु न्युजलाई उद्धृत गर्दै चिनियाँ सञ्‍चारमाध्यमले गत अक्टोबर २४ पछि मा पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएको बताएका छन् । शिक्षकहरूलाई सम्बोधनका क्रममा माले चिनियाँ व्यवसायीहरूले ग्रामीण उत्थान र साझा समृद्धिको पक्षमा काम गर्नुपर्ने बताएका छन् ।

‘कोभिड-१९ महामारीपछि हामी फेरि भेट्नेछौं,’ माको भनाइ उद्धृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ ।।’ उक्त कार्यक्रम ज्याक मा फाउन्डेसनले सन् २०१५ बाट सुरु गरेको वार्षिक कार्यक्रमकै निरन्तरता हो । यसअघि उक्त कार्यक्रम हैनान प्रान्तको सान्यामा हुँदै आएको थियो । कोरोना महामारीका कारण यस पटक भने उक्त कार्यक्रम अनलाइन माध्यमबाट आयोजना गरिएको जनाइएको छ ।

बेलायतको डेली मेल लगायतले सहितका अन्य अन्तर्राष्ट्रिय मिडियामा रिपोर्ट आएपछि भारतीय अधिकांश मिडियामा उनी हराएको भन्दै समाचार प्रकाशित भएका थिए।

त्यही टेलिभिजनमा जज परिवर्तन गरिएको विषयलाई हवाला दिँदै भारतीय मिडियाहरुले चिनियाँ राष्ट्रपति सी जिनफिङसँगको टकरावका कारण ज्याक हराएको टिप्पणी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

LIVE TV