६ माघ २०७७, मंगलवार
  • सन्तोश पौडेल

खोटाङ,६ माघ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरभरिका एक सय तीन वटै विद्यालयबाट विद्यार्थीहरको रक्त समूह पहिचान गरी परिचय पत्र वितरण सुरुवात गरेको छ । मंगलबार नगरपालिकाको स्वास्थ्य शाखा र रक्तसञ्चार केन्द्रको सहकार्यमा पञ्च माविबाट रक्तसमूह पहिचान थालेको हो ।पञ्चमाविका कक्षा ८ मा बाली विज्ञान विषयमा अध्ययनरत गर्दे गरेका छात्र प्रविन आचार्य र छात्रा गंगा आचार्यको रक्त समूह पहिचान गरिएको थियो ।उनीहरुको क्रमसे ‘ओ’ पोजेटिभ तथा गंगाको ‘बि’ पोजेटिभ रक्त समुह भएको कार्ड वितरण गर्नूृकासाथै नगरपालिकाभित्रका ८ हजार ८ सय ४६ जना विद्यार्थीहरुको रक्त समूह पहिचान गरिने नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताउनुभयो ।प्रमुख रिजालले भन्नुभयोस “शैक्षिक सत्रबाट सम्पुर्ण शिक्षक र विद्यार्थीहरुको परिचयपत्रमा ब्लड ग्रुप उल्लेख गरिनेछ ।” नगरपालिकाले आउदो फागुन महिना भित्र सबै विद्यालयहरुमा रक्त समूह पहिचान सहितको परिचयपत्र वितरण गर्ने भएको हो । यस्तै, कक्षा बाह्रका विद्यार्थीहरुको आवश्यक्ता अनुसार ब्लड डोनेट गरी ब्लड बैङ्कमा राखिने नगरपालिकाका स्वास्थ्य शाखा संयोजक तिर्थराज आचार्यले बताउनुभयो । उहाले भन्नुभयो,“नगरपालिकाले गरेको यस रक्त समूह पहिचान अभियानमा रक्तसञ्चार केन्द्रले गर्ने छ ।’

रक्तसञ्चार केन्द्रले हालसम्म ७० जना नागरिकलाई ब्लड उपलब्ध गराईसकेको छ । सो केन्द्रमा हाल सबै प्रकारका रक्त समूहका मौज्दात रहेको संयोजक आचार्यले बताउनुभयो । रक्त समूह शुभारम्भ कार्यक्रममा खोटाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरिक्षक नारायणप्रसाद चिमोरीया, सशस्त्र प्रहरी बल हलेसी गुल्मका प्रहरी प्रमुख सरोज कार्कीको पनि रक्त समूह पहिचान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV