६ माघ २०७७, मंगलवार
  • सुरेश श्रेष्ठ,

दाङ, ६ माघ । प्राकृतिकरुपमा ९ महिनामा जन्मनु पर्ने शिशु ६ महिनामा नै जन्मिएपछि आइपरेको स्वास्थ्य समस्यालाई चुनौती दिदै मोफसलको एक अस्पतालले शिशुलाई बचाउन सफल भएको छ ।

चिकित्सा क्षेत्रमा फड्को मार्दै गरेको मोफसलका अस्पतालहरुले पाएको यो सफलतालाई चमत्कार नै मानिएको छ । निश्चित समय नै नपुगी जन्मिएको सन्तानले जीवन पाइरहंदा तुलसीपुर उपमहानगरपालिका लुहाडवराकी रेशा रावत अत्यन्तै खुसी छिन् ।

याद गुमाएको आफ्नै शिशुलाइ उनले दुध निचोरेर पाइपवाट खुवाएर बचाउने प्रयासमा छिन् । अन्य रोगको जाँच गराउन घोराहीको गोरखा अस्पतालमा पुग्दा उनलाइ सुत्केरी व्यथाले च्याप्यो ।

सामान्यतया ९ महिनामा जन्मनुपर्ने बच्चा ६ महिनामै सोहि अस्पतालमा जन्मियो । तौल निकै कम थियो । गोरखा अस्पतालले बच्चालाइ तत्काल तुलसी वाल अस्पतालमा लैजान रिफर गर्यो । कारण बच्चाले आमाको दुध चुस्ने कल्ना गर्न पनि सकिने अवस्था थिएन ।

जन्मदा बच्चाको तौल ८ सय ग्राम मात्र थियो । तर तुलसीपुर वाल अस्पतालमा ल्याएपछि बच्चालाइ एनआइसीयुमा राखियो, धेरै एन्टिवायोटिक्स, रगत र अन्य भिटामिन पनि दिइयो । र, अहिले शिशुको विकास आशावादीरुपमा भइरहेको छ ।

शिशु आमाको काखमा बस्न लायक भएको छ भने तौल पनि बढेर साढे दुइ केजी भएको छ । यो शायदै दुर्लभ केश हो । बच्चाका लागि एनआइसीयु नभएको भए यति सानो तौलको बच्चा बाँच्ने कुनै आधार हुने थिएन ।

तर तुलसीपुरमा खुलेका तुलसी वाल अस्पतालले एउटा अद्धितीय काम गरेको अभिभावक सन्तोष केसीले बताए् । अस्पतालका सञ्चालक डा किशोर खत्री आफु पनि विरामी बच्चालाइ कसरी बचाउन सकिन्छ भनेर विभिन्न मेडिकल अभ्यास गरिरहेको बताए ।

मुलुक नयांँ अभ्याससंगै हरेक हेल्थपोष्टमा चौबीसै घण्टे सुत्केरी सेवा, सवै संस्थामा मातृ शिशु स्याहार कार्यक्रम, आमा सुरक्षा कार्यक्रम लगायतका लोकप्रिय कार्यक्रम लागू गरेपनि दाङ जिल्लाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा तुलसीपुरको प्रादेशिक अस्पताल जस्ता सरकारी स्वास्थ्य निकायमा समेत बच्चाको उपचारका लागि सघन कक्ष निर्माण हुन सकेको छैन ।

त्यसैले नेपाल सरकारले जतिसुकै नारा दिएपनि आमाहरुले बच्चा र आमाको पनि सुरक्षाको प्रत्याभूति भएको स्थानमा बच्चा जन्माउन जाने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV