६ माघ २०७७, मंगलवार

काठमाडौं, ६ माघ । कोरोना भाइरसविरुद्ध खोप बिहीबार नेपाल ल्याइने भएको छ ।

आपतकालीन अनुमति पाएको भारतको सेरम कम्पनीले बनाएको कोभिडसिल्ड खोप नेपाल ल्याउन लागिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक लाख डोज खोप भारतले अनुदानस्वरूप दिने भएको हो ।

खोप हस्तान्तरण भएको एक हप्ता भित्र लगाइ सक्ने मन्त्रालयले जनाएको छ ।

एक लाख डोज खोप नेपाल आएपछि नेपालस्थित भारतीय दूतावासले स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्ने र सुरुमा फ्रन्टलाइनमा रहने स्वास्थ्यकर्मी लगायतलाई यसको डोज दिइने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV