६ माघ २०७७, मंगलवार

काठमाडौं, ६ माघ । छिमेकी मुलुक चीनले विभिन्न बहानामा एक वर्षदेखि नेपालसँगको व्यापार रोकेको भन्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले असन्तुष्टि जनाउनु भएको छ ।

मन्त्री भट्टले चीनको व्यवहारकै कारण चीनसँगको व्यापार सम्बन्ध पुनर्विचार गर्नुपर्ने अवस्था आएको बताउँनुभयो । नेपाल इन्टर मोडल यातायात विकास समितिको २४औं वाषिर्कोत्सवलाई सम्बोधन गर्दै मंगलबार मन्त्री भट्टले छिमेकी भएर पनि चीनले नेपालसँगको व्यापारमा गैर जिम्मेवारपूर्ण व्यवहार देखाएको आरोप लगाउनुभयो ।

पहिले कोरोनाको महामारी र अहिले विभिन्न बहानामा नेपालसँग चीनले एक वर्षदेखि व्यापार रोक्दा त्यसको असर चौतर्फी रुपमा परेको मन्त्री भट्टको भनाइ छ ।

छिमेकी मुलुक चीन अप्ठ्यारो अवस्थामा पनि जिम्मेवार नदेखिएको भन्दै उहाँले व्यवहार यस्तै हो रहने हो भने चीनसंग व्यापार गर्ने की नगर्ने रु गम्भीर प्रश्न उब्जिएको जिकिर गर्नुभयो ।

नाकामा चिनियाँ अर्घेलोबारे आफूले प्रधानमन्त्रीसँग गम्भीर ढंगले प्रश्न उठाएको पनि भट्टको भनाइ छ । १० महिनादेखि सामान रोकिएको बेला चीनले कन्टेनरको मूल्य समेत बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV