६ माघ २०७७, मंगलवार

इन्दिरा चाम्लिङ,

ब्रसेल्स, ६ माघ । जर्मनीको प्रमुख राजनैतिक पार्टी क्रिश्चियन डेमोक्रेटिक युनियन ( सीडीयू’को नयाँ नेताका रूपमा आर्मिन लास्चेत विजयी बनेका छन् ।

वर्तमान चान्सलर एन्जेला मर्केलको पार्टी सीडीयूको नेतृत्व कसले जित्ने र केही महिनापछि हुने आम निर्वाचनबाट जर्मनीको नयाँ चान्सलर को हुने ? भन्नेमा सबैको ध्यान केन्द्रित थियो ।

पोख्त राजनीतिज्ञको रूपमा परिचित लास्चेत २०१७ देखि जर्मनीको सबैभन्दा धेरै जनसंख्या भएको राज्य, नर्थ राइन–वेस्टफालियाको गभर्नर रहेका छन् ।

पार्टीको भर्चुअल अनलाइन महाधिबेशनबाट अघिल्लो पटक चान्सलर मर्केलकी प्रतिद्वन्द्वी समेत रहेका ५९ बर्षीय फ्रिडरिक मर्जलाई शनिबार भएको मतदानमा पराजित गरेका सभापति लास्चेत ४ सय ६६ काविरुद्ध ५ सय २१ मतले बिजयी बनेका छन् ।

जर्मनीको आगामी सेप्टेम्बर २६ को निर्वाचनमा सभापति लास्चेत आफै उठ्ने वा अरु कसैलाई चान्सलरमा अघि सार्ने भविष्यमै तय हुनेछ ।

सन् २००५ देखि चान्सलर रहिरहेकी मर्केलले सन २०१८ मै उनी पाँचौं कार्यकालका लागि चान्सलरको उम्मेद्वार नबन्ने घोषणा गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV