६ माघ २०७७, मंगलवार

काठमाडौं, ६ माघ । चर्चित गायक प्रमोद खरेलको स्वर र महेश खड्काको संगीत रहेको गीत ‘उनको हात मेरो सिरानी’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतकार रमेश घिमिरेको शब्द रचना र महाराज थापाको एरेन्ज रहेको गीतको भिडियोमा नायिकाहरु लक्ष्मी बर्देवा, दिना घिमिरे र गीतकार रमेश घिमिरेको नै अभिनय रहेको छ ।

‘प्रीसन्सा हाउस अफ प्रोडक्सन’ले निर्माण गरेको गीतको भिडियोलाई पछिल्लो समयका ब्यस्त युवा निर्देशक प्रीन्स्पन कार्कीले निर्देशन गरेका हुन् ।

भिडियोमा नरेश ऐरको सिनेमाटोग्राफी र नबिन निरौलाको सम्पादन रहेको छ। ‘प्रीसन्सा हाउस अफ प्रोडक्सन’ नेपाली संगीतको सम्बर्द्धनको लािग स्थापना गरिएको र आउने दिनहरुमा राम्रा राम्रा आधुनिक, डान्सिङ गीत र लभ भर्सनका गीतहरुको अडियो र भिडियोको निर्माण गरिने सञ्चालकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV