६ माघ २०७७, मंगलवार

काठमाडौं, ६ माघ । संविधान बिपरित संसद बिघटन गरिएको भन्दै नेविसंघका कार्यकताले केश मुण्डन गरेर विरोध प्रदर्शन गरेका छन् ।

मंगलबार काठमाडौंको ज्ञानेश्वरबाट केश मुण्डनसहित उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

बिरोध प्रदर्शन गर्दै कमलपोखरीतर्फ अघि बढेपछि प्रहरीले नेविसंघका कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।

केश मुण्डन र कालोपट्टी बाँधेर प्रधानमन्त्री विरोधी नारा लगाएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रदर्शनकारीहरुले प्रतिनिधिसभा विघटनविरुद्ध तथा नेकपा सरकारविरुद्ध विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV