६ माघ २०७७, मंगलवार
  • सुरेश भट्ट

कञ्चनपुर, ६ माघ । कञ्चनपुर प्रहरीले भीमदत्त नगरपालिका वडा नम्बर २ की १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणको टुंगो लगाउने आफ्नो प्रमुख योजना रहेको बताएको छ ।

मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा पत्रकारसंग भेटघाट कार्यक्रममा जिल्लाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले निर्मला पन्त प्रकरणको टुंगो लगाउने योजना रहेको बताउनु भएको हो ।

जिल्लामा शान्ति सुरक्षा कायम गर्नुका साथै उहाँले निर्मला प्रकरण बारे अहिलेसम्म ठोस प्रमाण नभएकाले यसको टुंगो लाग्न नसकेको र यसबारे आफ्नै कार्यकालमा पत्ता लगाएर जाने योजना रहेको प्रहरी उपरीक्षक चतुर्वेदीको भनाइ छ ।

केहि कुरामा आफुहरुलाइ शंका लागेको र त्यसबारे सुक्ष्मरुपमा अनुसन्धान गर्ने पनि प्रहरी निरीक्षक चतुर्वेदीको भनाइ छ । यस बारे धेरै खुलाउन नहुने र निर्मला प्रकरणको अनुसन्धान आफुले इमान्दारीपूर्वक गर्ने पनि उहाँको प्रतिबद्धता छ ।

निर्मला प्रकरणमा उपरीक्षक चतुर्वेदी कञ्चनपुर आएको सी.आइ.बीको टिम लिडर भइ ७५ दिन कञ्चनपुर बसी अनुसन्धान गरी काठमाडौं फर्केका थिए ।

अहिले सीआइबीका उही व्यक्ति जिल्ला प्रहरी प्रमुख भएर आएपछि उनले निर्मला प्रकरण बारे केहि नयाँ तथ्य ल्याउने आशा स्थानीवासीमा बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV