बाख्रा चराएर घाँसको भारीसँग घर आउदै गरेकी महिलामाथि हरिण ठानेर गो-ली हानियो



प्रकाशित मिति : Jan 19, 2021

काठमाडौं, ६ माघ । रोल्पामा हरिण भनेर एक महिलालाई भरुवा बन्दूकले हान्दा गम्भीर घाइते भएकी छन् । रोल्पा नगरपालिकाका वडा ९ का ४५ बर्षीया बरु पुन मगरमाथि गो-ली प्रहार भएको हो । उनलाई स्थानीय हस्तबहादुर पुन मगरले हरिण ठानेर गो’ली प्रहार गरे गरेका हुन्।

हरिणले गहुँबारीमा आएर नष्ट पारिदिएपछि बन्दुक लिएर बसेका हस्तबहादुरले बरुमाथि गो’ली प्रहार गरेकाे बताइएकाे छ । बरु सोमबार राति ७ बजेतिर बाख्रासहित घाँस लिएर आइरहेको बेला गो’ली प्रहार भएको खुलेको प्रहरीको भनाइ छ ।

बरुको टाउकोमा गो’ली लागेकाले उनको अवस्था गम्भीर रहेको जिल्ला अस्पताल रोल्पाले जनाएको छ । उनको उपचार त्यहाँ सम्भव नभएपछि भैरहवा मेडिकल कलेज रेफर गरिएको अस्पतालले जनाएको छ । मंगलबार बिहान भैरहवा अस्पताल पठाइएका बरुको अहिले भैरहवामा उपचार भइरहेको छ ।

उता गो’ली प्रहार गर्ने हस्तबहादुरलाई भने प्रहरीले भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको छ । उनीमाथि थप अनुशन्धान गर्ने प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com