भारत : शनिबार कोरोना बिरुद्धको भ्याक्सीन लगाएका २ स्वास्थ्यकर्मीको हृदयघातबाट मृत्यु



प्रकाशित मिति : Jan 19, 2021

काठमाडौं, ६ माघ । भारतमा कोरोना भाइरस बिरुद्धको भ्याक्सीन लगाएका २ स्वास्थ्यकर्मीको हृदयघातका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना उत्तर प्रदेशको मुरादाबादका ४६ वर्षीय स्वास्थ्यकर्मी रहेका छन् ।उनको आइतबार साँझ मृत्यु भएको हो ।

त्यस्तै मृत्यु हुनेमा अर्का कर्नाटकका ४३ वर्षीय स्वास्थ्यकर्मी रहेका छन् । उनले पनि शनिबार नै कोरोना भाइरसबिरुद्धको भ्याक्सीन लगाएका थिए । उनको भने सोमबार मृत्यु भएको भारतीय संचार माध्यमहरुले बताएका छन् ।

उता भारतका अस्पताल तथा मेडिकल प्रमुखहरुले भने उनीहरुको मृत्यु हुनुमा कोरोना भाइरबिरुद्धको भ्याक्सीन नभएको दावी गरेका छन् । तथापी उनीहरुको मृत्युको प्रमुख कारण खुलेको छैन ।

भारतमा कोरोना भाइरसबिरुद्धको भ्याक्सीन झण्डै चार लाख स्वास्थ्यकर्मीहरुले लगाइसकेका छन् । शनिबारबाट प्रयोगमा ल्याइएको यो भ्याक्सीनले धेरैजसोमा नकारात्मक असर देखिएको छ । कतिपय सिकस्त अवस्थामा छन् । उनीहरुको उपचार भइररहेको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com