ललितपुरको चाँगाथलीमा श्रीमान्–श्रीमती घरभित्रै मृत फेला !



प्रकाशित मिति : Jan 19, 2021

काठमाडौं, ६ माघ । ललतिपुरको चाँगाथलीमा एक दम्पत्ति मृत फेला परेका छन् । महालक्ष्मी नगरपालिका ७ चाँगाथलीमा घरभित्रै एक दम्पत्ति मृत अवस्था फेला परेका हुन् ।

मृत फेला पर्नेमा ३२ वर्षीय सागर पोखरेल र उनकी २२ वर्षीय श्रीमती निर्मला पोखरेल रहेका छन् । पाँच महिना अघि मात्र विवाह भएको दम्पत्ति बन्द कोठाभित्र मृत अवस्थामा भेटिएका महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

शव नजिकै ‘सल्फस’ नामक विषको बट्टा पनि बरामद भएकाले आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ । प्रहरीले घटना भएको कोठा आसपास कुनै पनि किसिमको नोट फेला पारेको छैन ।

प्रहरीका अनुसार सागर भेटेनरी सामानका सप्लायर हुन् । उनीहरुसँग बाबाआमा पनि बस्दै आएको थिए। शुक्रबार उनीहरुका बाबाआमा आफन्तकोमा गएको मौका पारेर आइतबार राति विष सेवन गरेर आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ।

मृत भेटिएका दम्पतीको शव पोष्टमोर्टमको लागि पाटन अस्पताल लगिएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com