६ माघ २०७७, मंगलवार

एजेन्सी, ६ माघ । भारतकाे गुजरातमा सोमबार राति एक दर्दनाक दुर्घटना भएकाे छ । फुटपाथमा सुतिरहेका मजुदरलाई ट्रकले किच्दा कम्तिमा पनि १३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

घटना गुजरात प्रदेशको सुरतमा साेमबार करिब मध्यराततिर भएकाे हाे । त्यहास्थित कोसाम्बा क्षेत्रको फुटपाथमा सुतिरहेका मजदूरलाइ ट्रकले किचेकाे थियाे । १८ जनालाई कुल्चिएकाेमा तीमध्ये १३ व्यक्तिको मृत्यु पुष्टि भएकाे छ । उखु बोकेको ट्याक्ट्ररसँग ठोक्किएपछि ट्रकका चालकले नियन्त्रण गुमाएर ट्रक फुटपाथतिर जाेतिएकाे र साे दुर्घटना  हुन पुगेको बताइएको छ।

दैनिक ज्यालादारी गर्ने १८ जना मजदुरहरू राति फुटपाथमै सुतेका थिए । साे घटनामा ५ जना गम्भीर घाइते भएकाे र उनीहरूलाई अस्पताल भर्ना गरिएको छ । एक ६ वर्षीय बालिका भने संयाेगले बँचेकाे बताइएकाे छ । यद्यपि उनका आमा-बुबाले भने साेही फुटपाथमा ज्यान गुमाइसकेका छन् ।

मृतकहरू सबै मजदूर रहेकाे राजस्थानको बन्सवारा जिल्लाको कुशलगढ़का निवासी  रहेकाे बताइएकाे छ ।

घटनास्थलमा तत्कालै प्रहरी पुगेर लाश बरामद गरी पाेस्टमार्टमका लागि पठाइएकाे थियाे भने घाइतेहरूलाइ अस्पताल लगिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV