प्रिमियर लिग : न्यूक्यासलमाथि आर्सनलकाे सहज जित



प्रकाशित मिति : Jan 19, 2021

एजेन्सी, ६ माघ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा न्यूक्यासलमाथि आर्सनलले सहज जित निकालेकाे छ । गएराति भएकाे खेलमा आर्सनलले न्यूक्यासललाई ३-० गोल अन्तरले पराजित गरेकाे हाे ।

आर्सनललाई सहज जित दिलाउनकाे लागि पिएरे एम्रिक औबामियाङले दुई गोल गरे  भने बुकायो साकाले एक गाेल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५० औं मिनेटमा पिएरेले पहिलाे गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । यस्तै बुकायो साकाले खेलको ६० औं मिनेटमा एक गोल गरे । खेलको ७७ औं मिनेटमा पिएरेले दोस्रो गोल गर्दै आर्सनललाई ३-० को सहज जित दिलाए ।

जितसँगै आर्सनल अंक तालिकाको १० औँ स्थानमा पुगेको छ । १९ खेलमा २७ अंक जोडेको आर्सनलले एस्टोन भिल्लालाई पछि पार्दै १० औँ स्थानमा उक्लिएको हो । आर्सनलसँग पराजित न्यूक्यासल भने तालिकाको १५ औँ स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com