६ माघ २०७७, मंगलवार

काठमाडौँ, ६ माघ । तारकेश्वर नगरपालिका–१ स्थित साङ्लामा ऐतिहासिक साङ्ला पोखरी निर्माण गरिएको छ । करिब एक रोपनी जग्गामा फैलिएको सो पोखरी नगरपालिकाको रु ३९ लाख बजेटमा निर्माण सम्पन्न भएको नगर प्रवक्ता विदुर सापकोटाले जानकारी दिनुभयो ।

पोखरीको गहिराइ पाँच मिटर छ । धेरै वर्षअघि सङ्लो पानी बग्ने गरेकाले पछि साङ्लोखोला भन्ने नामकरण रहन गएको भन्ने ऐतिहासिक मान्यता छ । उक्त पोखरीसँगै ऐतिहासिक उद्यान पनि निर्माण हुने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV