६ माघ २०७७, मंगलवार

एजेन्सी, ६ माघ । इटालियन सिरी ‘ए’ मा शीर्षस्थानमा रहेको एसी मिलानले क्याग्लिएरीमाथि सहज जित निकालेको छ ।

गएराति भएको खेलमा एसी मिलानले क्याग्लिएरीलाई २-० गोल अन्तरले पराजित गरेको हो । एसी मिलानलाई सहज जित दिलाउनको लागि दुवै गोल फरवार्ड ज्लाटन इभ्राहिमोभिच गरे ।

खेलको सातौ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै इभ्राहिमोभिचले एसी मिलानलाई अग्रता दिलाएका थिए । पेनाल्टी बक्समा ब्राहिम डियाजमाथि ल्याकोजियानिसले फल गरेपछि एसी मिलानले पेनाल्टी पाएको थियो ।

५२औं मिनेटमा इभ्राहिमोभिचले व्यक्तिगत दोस्रो गोल गर्दै मिलानलाई २-० ले अघि बढाए । इभ्राहिमोभिचले डाभिड कालाब्रियाको पासमा गोल गरेका थिए । बाकीँ समयमा दुवै टोलीले गोल गर्न नसक्दा खेल एसी मिलानले जित्यो ।

यो जितसँगै मिलानले शीर्षस्थानमा स्पष्ट ३ अंकको अग्रता लिएको छ । मिलानको १८ खेलबाट ४३ अंक पुगेको छ । समान खेलबाटै दोस्रो स्थानमा रहेको इन्टर मिलानको ४० अंक छ । पराजित क्याग्लिएरी १४ अंकसहित १७औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV