५ माघ २०७७, सोमबार

काठमाडौं, ५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले फेरि आन्दोलनमा उत्रनुपर्ने बताउनुभएको छ । उहाँले जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त उपलिब्धको रक्षा गर्न फेरि एकजुट भएर सङ्घर्षमा उत्रनुपर्ने बताउनुभएको हो ।अध्यक्ष दाहालले अखिल नेपाल महिला संघ ‘अनेमसंघ’ केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक तथा भेलालाई सम्बोधन गर्नेक्रममा जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिलाई गुम्न नदिनका लागि आन्दोलनमा उत्रनाको विकल्प नभएको स्पष्ट पार्नुभएको छ।

जनताले ७० वर्ष लडेर ल्याएको उपलब्धिलाई जोगाइ राख्न आन्दोलन गर्न अहिलेको आवश्यकता रहेको भन्दै उहाँले प्रधानमन्त्री ओलीका कारण प्राप्त उपलब्धि खतरामा परेको टिप्पणी गर्नुभयो । उहाँले पार्टीभित्र विधि र विधानको मात्र विवाद भएको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले पार्टीको निर्णय नमानेपछि सङ्कट सिर्जना भएको बताउनुभएको छ । ओलीले पार्टीभित्रको समस्याको विषयमा छलफल नै नगर्ने र बहुमतको निर्णय पनि नमानेको कारण अहिलेको यो स्थिति आएको उहाँले जनाउनुभयो ।

प्रधानमन्त्री ओलीले नियम र विधि नमान्दा पार्टी विभाजित भएको आरोप अध्यक्ष दाहलले लगाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV