५ माघ २०७७, सोमबार
  • रामगोपाल तमखु,

भक्तपुर, ५ माघ । भक्तपुर चाँगुनारायण नगरपालिका–२ झौखेल बस्ने ४० वर्षीय लक्ष्मी प्रसाद सुजखुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुजखुले आफ्नो घर टहरामा घरेलु मदिरा बनाउने भट्टी सञ्चालन गरिरहेको सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग ब्यासीबाट खटिएको २० जना प्रहरी टोलीले घरघेराबन्दी गरी खानतलासी गरेको हो ।

उक्त क्रममा घरेलु मदिरा तयारी ५ सय लिटर, मदिरा बनाउन तयारी कच्चा पदार्थ ४ हजार लिटर र मदिरा बनाउने सामग्रीसहित सञ्चालक सुजखुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दीपक गिरीको अनुसार सञ्चालक सुजखुलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेकोे छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV