५ माघ २०७७, सोमबार

काठमाडौं, ५ माघ । काठमाडौंको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा लागेको आगो नियन्त्रणको प्रयास जारी छ । अपार्टमेन्टको माथिल्लो तलामा लागेको आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, रेडक्रसको टोली र स्थानीय खटिइरहेका छन् ।

घटनास्थलमा पाँच वटा दमकल पनि पुगिसकेको प्रहरीले जनाएको छ । १५ तले अपार्टमेन्टभित्र अड्किएका मानिसहरुको सुरक्षाकर्मीले उद्दार गरिरहेका छन् ।

अपार्टमेन्टका मानिसहरुलाई सुरक्षार्थ भवनको कौशीमा पठाइएको छ । सुरक्षाकर्मीहरूद्वारा भित्र फसेकाहरुको उद्दार कार्य जारी छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV