५ माघ २०७७, सोमबार

काठमाडौं, ५ माघ । इटालियन सिरी ए लिग फुटबलमा साबिक च्याम्पियन युभेन्टस इन्टर मिलानसँग पराजित भएको छ । गएराति भएको खेलमा युभेन्टस इन्टर मिलानसँग २ ० गोल अन्तरले पराजित गरेको हो ।

इन्टर मिलानलाई सहज जित दिलाउनको लागि अर्टुरो भिडाल र निकोलो बारेल्लाले समान एक/एक गोल गरे ।

खेलको १२ औँ मिनेटमा भिडालको गोलमा इन्टर मिलानले अग्रता लिएको थियो । खेलेको ५२ औँ मिनेटमा बारेल्लाले गोल गर्दै अग्रता दोब्बर बनाए । युभेन्टसले गोल गर्ने केही अवसर पाए पनि गोल गर्न भने सकेन ।

यो जितसँगै इन्टर मिलान उपाधि होडमा एक खेल कम खेलेका एसी मिलानसँगै बराबरीमा  बनाएकाे छ । इन्टर मिलानले १८ खेलबाट ४० अंक जाेड्दै लिगकाे दाेस्राे स्थानमा छ ।यता १७ खेल खेलकाे एसी मिलान  ४० अंकसहित लिगकाे शीर्ष स्थानमा रहेकाे छ ।

पराजित युभेन्टसले भने १७ खेलबाट ३३ अंकसहित लिगकाे पाचाैँ नम्बरमा रहेकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV