४ माघ २०७७, आईतवार
  • दानबहादुर बुढा

मुगु, ४ माघ । छाँयानाथ रारा नगरपालिमा भित्र रहेका स्थानीय बासीहरुलाई सुरक्षित खानेपानी, सरसफाई तथा स्वाच्छन्दता योजनाका लागि सरोकारवाला निकायसँग परामर्श कार्यक्रम संचालन भएको छ ।

सुरक्षित खानेपानी युक्त समुदाय बनाउनलाई नगरपाालिका भित्र रहेका १० वटा खानेपानी उपभोक्ता समितिका पदाधिकारी लगायत सरोकारवालाहरु सँग छलफल तथा परामर्श भएको हो ।

दोस्रो र तेस्रो चरणको खानेपानी सुरक्षा योजनाको निमार्ण तालिम दिई समुदायमा योजना बनाउने क्रम जारी छ । युनिसेफ नेपालको आर्थिक सहयोग तथा हिरिसडेक मुगुको सहकार्यामा संचालित तालिममा छाँयाँ नेपाले सहजिकरण गरिरहेको छ ।

जसमा पहिलो चरणमा छाँयानाथ रारा नगरपालिकाको वडा नमबर ८ ढोटुमा तीनबटा खानेपानी उपभोक्ता समितिका पदाधिकारी र दाेस्राे र तेस्राे चरणको योजना निमार्णमा ७ बटा खानेपानी उपभोक्त समितिका पदाधिकारी गरि जम्मा ९७ जनाले सुरक्षित खानेपानी युक्त समुदाय निमार्णको लागि तालिम लिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV