४ माघ २०७७, आईतवार
  • हरिशंकर शर्मा

विरगञ्ज, ४ माघ । केही दिनदेखि तराईमा बढ्दै गएको बाक्लो हुस्सुसँगै शितलहरीको कारण विरगञ्जका सम्पूर्ण निजी तथा सामुदायिक विद्यालयहरु तीन दिनका लागि बन्द गरिएको छ ।एका विहानैदेखि रातिसम्म २४ औं घण्टा बाक्लो हुस्सुसँगै टुसारो पर्न थालेपछि प्रभावित बालबालिकाहरुले विद्यालय जान सक्ने अवस्था नभएको कारण तीन दिनको लागि सम्पूर्ण निजी तथा सामुदायिक विद्यालयहरु बन्द गरिएको निजी तथा आवासीय विद्यालय संगठन प्याब्सन पर्साले जनाएको छ ।

 

अत्याधिक चिसो बढेपछि बालबालिका विद्यालय जान नसक्ने गरी मौसम प्रभावित भएको कारण विद्यार्थीहरुको स्वास्थ्यमा समेत प्रतिकुल असर पर्न सक्ने बताउँदै (प्याब्सन) पर्सा, आवाशीय विद्यालय संघ (एन प्याब्सन) र नेपाल शिक्षक महासंघ पर्साले महानगरपालिकाको शैक्षिक महाशाखासँगको समन्वयमा आइतबारदेखि मंगलबारसम्मका लागि सम्पूर्ण निजी र सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको प्याब्सन वीरगन्ज महानगर कमिटिका अध्यक्ष आलोक कुमार चौरसियाले बताए ।

मौसममा सुधार नआए पुनः बैठक गरेर केहि निर्णय गरिने बताइएको छ । चौरसियाले अहिले चिसो बढेपछि बिदा दिँदा आगामी दिनमा हुने बिदाहरुलाई मिलान समेत गरिने बताए । कोरोना  भाइरस माहामारीका कारण महिनौँ पठन पाठन प्रभावित भएको अवस्थामा अहिले विदा दिने अवस्थामा नहुँदाहुँदै अत्याधिक चिसोको कारण विदा दिनुपर्ने बाध्यता उत्पन्न भएको अध्यक्ष चौरसियाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV