४ माघ २०७७, आईतवार

काठमाडौं, ४ माघ । नेपालका प्रथम अन्तर्राष्ट्रिय धावक एवं काठमाडौंका उत्तरभेगका अग्रणी समाजसेवी गजराज जोशीको नाममा टोखा नगरपालिका वडा स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।

एसडी नाइन्टीनाइन स्पोटर्स कर्नरको आयोजना र श्री भगती क्लबको विशेष सहयोग एवं गजराज जोशी ट्रष्ट र हेडलाईन्स स्पोर्टस् क्याफेको प्रायोजनमा वडा स्तरीय गजराज जोशी कप फुटबल प्रतियोगिता हुने भएको हो ।

टोखास्थित फुटबल मैदानमा आयोजना हुने उक्त फुटबल प्रतियोगितामा स्थानीय सात वडाको सहभागिता रहने गजराज जोशी ट्रष्टका अध्यक्ष मनिष जोशीले जानकारी दिनुभयो ।

प्रतियोगितामा पहिलो हुनेलाई ७० हजार र द्धितीय हुनेलाई ३५ हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएका छन् ।

आइतबार काठमाडौंको महाराजगञ्जस्थित हेडलाइन्स क्याफेमा आयोजित पत्रकार सम्मेलनमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई बिभिन्न ५ विधामा नगदसहित पुरस्कार प्रदान गरिने जानकारी पनि दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV