४ माघ २०७७, आईतवार
  • तारा आचार्य

विराटनगर, ४ माघ । फरक क्षमता भएका व्यक्तिहरुको आवश्यकता पहिचान गरी त्यसको परिपूर्ति गर्ने प्रक्रिया र पद्धति बारे जानकारी दिन विराटनगरमा ५ दिने क्षमता विकास तालिम आयोजना गरिएको छ ।हामीलाई पनि समावेश गर भन्ने नारासहित राष्ट्रिय अपांग महासंघ प्रदेश नं. १ ले आयोजना गरेको सो तालिममा दश वटै अपांगता भएका व्यक्तिहरुको सहभागिता थियो ।५ दिनसम्म संचालन भएको सो तालिममा संविधान, विभिन्न तहका सरकारहरु, अपांगता भएका व्यक्तिहरुको मौलिक अधिकारहरुका साथै अपांगता भएका व्यक्तिले आफ्नो अधिकार लिन पूरा गर्नुपर्ने विधी र प्रक्रिया बारे जानकारी दिइएको राष्ट्रिय अपांग महासंघ प्रदेश नं. १ का कार्यक्रम अधिकृत विमल बस्नेतले जानकारी दिनुभयो ।

तालिममा प्रदेश नं. १ का १३ जिल्लाका ४२ जना अपांगहरु र उनीहरुका अभिभावक गरी ६० जनाको सहभागिता थियो । सो तालिममा खेल विधि, नाटकिय प्रक्रिया र चित्रको माध्यमबाट अपांगको अधिकार, कर्तव्य र जिम्मेवारी बारे जानकारी गराइएको थियो । विभिन्न १० वटै प्रकारका अपांगताहरु सहभागि भएको यो पहिलो तालिम भएको अधिकृत वस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV