४ माघ २०७७, आईतवार

काठमाडौं, ४ माघ । निर्वाचन आयोगले माघ १५ गते मतदाता नामावलीको सूचना प्रकाशित गर्ने तयारी गरेको छ । आइतबार निर्वाचनको तयारीका बारेमा राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गर्दै निर्वाचनको तयारी थालेको हो ।

आयोगले मतदाता नामावली अद्यावधिक गर्ने कार्य स्थानीय तहमा माघ १५ देखि २१ गतेसम्म सञ्चालन गर्ने र १५ गते मतदाता नामावलीको सूचना प्रकाशित गर्ने तयारी भएको जानकारी गराएको छ । सोहि समयमा नामावली सच्चाउन सकिने आयोगले जनाएको छ ।

यस्तै मतदान केन्द्र र तयारी बारेमा छलफल भएको थियो । छलफलमा सहभागी नेकपा प्रचण्ड–नेपाल समूहका नेता राजेन्द्र पाण्डेले छलफलमा मतदाता नामावली प्रकाशन, त्रुटि सच्याउन निवेदन दिने, मतदान केन्द्र लगायतबारे छलफल भएको जानकारी दिनुभयो ।

त्यस्तै कांग्रेस नेता आनन्द ढुङ्गानाले मतदान केन्द्रमा केन्द्रीत रहेको आयोगले सुझाव मागेको जानकारी दिनुभयो । उहाले आयोगले निर्वाचनको तयारीको काम सहज रुपमा गर्न पाउनुपर्ने आफुहरुको धारणा रहेको बताउनुभयो ।

छलफलपछि आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचनको तयारीका बारेमा जानकारी गराई राय सुझाव लिने काम गरेको बताउनुभयो ।

सरकारले संसद बिघटन गरि आउँदो वैशाख १७ र १७ गते मध्यावधिक चुनावको घोषणा गरेको छ । त्यसलगत्तै आयोग चुनावको तयारीमा जुटेको छ । तर, प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV