४ माघ २०७७, आईतवार

काठमाडौं, ४ माघ । प्रतिनिधिसभाको विघटनबिरुद्ध सन्तोष भण्डारीले दिएको निवेदनमाथि आइतबार सुनुवाइ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीमाझ पुष ५ गते संसद विघटनका लागि सिफारिस गर्नुभएको थियो । र, त्यसै दिन राष्ट्रपति भण्डारीले संसद विघटन गर्नुभएको थियो ।

त्यसका बिरुद्ध दुई दर्जनभन्दा बढी रिट परेका छन् । त्यसमध्ये आइतबार सन्तोश भण्डारीले संसद पुनर्स्थापना गरिपाउँ भनि दिएको रिटमाथि संवैधानिक इजालसमा सुनुवाइ भएको हो ।

आइतबारको सुनुवाईमा सन्तोष भण्डारी, गिरिराज भट्ट, भीमार्जुन आचार्य र सुनिल पोखरेलले भाग लिनुभएको थियो । सुनुवाईमा भाग लिने सबैले प्रधानमन्त्रीले गरेको संसद विघटन कानुन अनुसार नभएको बताउनु भएको थियो ।

हालको संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने बताउदै सविधानको धारा ८५ को नियमित प्रक्रिया र धारा ७६ को उपधारा ७ अनुसार मात्रै संसद विघटन हुनसक्ने उहाँहरुको धारणा थियो ।

प्रधानमन्त्री ओलीको यो कदम गैरकानुनी भएकाले संसद पुनर्स्थापनाको पक्षमा अदालतले फैसला गर्नुपर्ने आजको बहसमा सहभागीहरुको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV