३ हजार ५ सय ८ जनाको पीसीआर परीक्षण गर्दा मुलुकमा २ सय ६६ जना संक्रमित थपिए
काठमाडौं, ४ माघ । मुलुकमा थप २ सय ६६ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । जसमा महिलाको संख्या ९१ र पुरुषको संख्या १ सय ७५ छ । पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ सय ६६ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको छ ।
काठमाडौं उपत्यकामा थप १ सय ७७ जनामा संक्रमण फेला
यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ सय ७७ जना संक्रमित फेला परेका छन् ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ६१ जना महिला र १ सय १६ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख २४ हजार ७ सय ९८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४ सय निको भए, ५ को मृत्यु
कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ४ सय जना निको भएर घर फर्किएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ४ सय जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ६१ हजार ४ सय ४४ पुगेको छ ।
त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ३ हजार ९ सय १९ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या २ सय २१ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५ सय ८ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल २० लाख १२ हजार ४ जनाको ५२ पीसीआर परीक्षण भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा ५ जना संक्रमितको मृत्यु हुँदा नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ५९ पुगेको छ ।