४ माघ २०७७, आईतवार
  • दान बहादुर बुढा

मुगु, ४ माघ । तामाङ समुदायले विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व अर्थात् नयाँ वर्ष मनाएका छन् ।  सुँगुर वर्षको विदाइ र मुसा वर्षको स्वागत गर्दै साेनाम ल्होछार मनाउने गरिन्छ ।

मुगुको मुगुमकामारोगं गाउँपालिकाका भोटे बस्तीमा पनि सोनाम ल्होसारको रौनक छोपेको छ । माघ १ गते देखी मुगुमकामारोगंं गाउँपालीकाका भोटे/ तामाङ बस्तीहरुमा सोनाम ल्होसारको रौनकता बढेकाे छ । यहाँ बालबालिकादेखि वृद्धवृद्धासम्म ल्होसारको रमाइलोमा झुमेका भेटिन्छन् । ल्होसारको अवसरमा सबै जना रमाइलो गर्ने, नाच गान गर्ने, मीठा मीठा परिकार बनाइ खाने चलन छ ।

१५ दिन सम्म चल्ने सोनामा ल्होसारमा लामा समुदायले एकआप सका सद्धाव प्रेम, साटा साट् गर्ने, आफन्तहरू छोरी-ज्वाई, भान्ज-भान्जी, फुपु-फुवाजुलाई घरमा बोलाई
मिठा परिकार खुवाउने र आफू पनि आफन्तको घरमा पाहुन जाने चलन रहेको मुगुमकामरोगं गाउँपालिका अध्क्षय क्याप्र्ने लामाले बताउनुभयाे ।
छिरिङ्ग क्याप्र्ने लामाले बताएका छन ।

यसैबीच हिमाली भेगमा पर्ने साविक कर्णालीका जुम्ला, डोल्पा, हुम्ला, कालीकोट र मुगुलगायत देशका विभिन्न ठाउँमा बसोबास गर्ने लामा समुदायमा सोनाम ल्होसार पर्व हिन्दु धर्मावलम्बीको दशैँ झैँ बौद्ध धर्मावलम्बीले मनाउने गर्छन्।

तामाङ समुदायमा ज्ञानका देवता अर्थात इस्ट देवता मञ्जुश्रीले पन्चशीर्ष डाँडामा बसेर ८४ हजार ग्रन्थको धर्मतिर्सना गरेको ऐतिहासिक दिन सोनाम ल्होछार भएकाले यस पर्वलाई सुरुवाती वर्षको रुपमा समेत मनाउने गरिन्छ । मञ्जुश्री पात्रोअनुसार तामाङ समुदायले शनिबार नयाँ वर्ष मनाएका हुन् ।

सोनाम ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गका वर्षमा विभाजन गरिएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV