४ माघ २०७७, आईतवार

काठमाडाैँ, ४ माघ । नेपाल मैदा उद्योग संघको २२औं वार्षिक साधारण सभाले श्री कुमुद कुमार दुगडलाई आगामी २ वर्षका लागि अध्यक्ष पदमा निर्विरोध चयन गरेकाे छ । शुक्रबार काठमाण्डौमा सम्पन्न साधारण सभाले प्रथम उपाध्यक्षमा दिनेश कुमार अग्रवाल, द्वितीय उपाध्यक्षमा शुलभ अग्रवाल, तृतीय उपाध्यक्षमा रमेश राजकर्णिकार र महासचिवमा  राधेश्याम अग्रवाललाई चयन गरेको छ ।

अध्यक्ष कुमुद कुमार दुगड विगतमा २ कार्यकाल पनि संघको अध्यक्ष भइसक्नु भएको थियो । पछिल्लाे सभाले संघको नयाँ नेतृत्वका लागि पुनँ उहाँलाई नै अध्यक्ष पदमा निर्विरोध चयन गरेको हाे ।

साथै सभाले  मु.अ. करका कारण आयातित मैदासँग प्रतिस्पर्धा गर्न नसकेको हुँदा मु.अ.कर छुटमा बिचार गरिदिन  सरकार समक्ष अनुरोध गर्ने,  मैदा नेपालमै आत्मनिर्भर भैसकेको हुँदा अन्य मुलुकबाट आयात हुने मैदामा पूर्ण बन्देज लगाउनुपर्ने, कच्चा पदार्थ गहुं र तयारी बस्तु मैदा आयात गर्दा भन्सार मुल्याङ्कन कमसेकम दुई तहले फरक हुनुपर्ने, मैदा निर्यातमा दिँदै आएको निर्यात अनुदानलाई पुनः ५ प्रतिशत कायम गर्नुपर्ने लगायत ८ बुँदे निर्णय समेत गरेकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV